FAQs Complain Problems

सूचना

Pages

छथर गाउँपालिका

छथर गाउँपालिका नेपालको कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।

पृष्ठभूमि

नामाकरण
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आफ्नो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।

प्रकार:

आर्थिक वर्ष: