FAQs Complain Problems

गाउँपालिका कार्यालय

Read More

तमोर नदी

Read More

गाउँपालिका कार्यालय

Read More

जनप्रतिनिधी

Read More

छथर गाउँपालिका

छथर गाउँपालिका नेपालको कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।

छथर गाउँपालिकाको परिचय

पृष्ठभूमि
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आफ्नो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।

अवस्थिति(सीमाना)
२०७८ अनुसार कुल जनसंख्या १४,१९७ रहेको यो गाउँपालिकाको उत्तरतर्फ लाली गुराँस नगरपालिका र म्याङ्गलुङ्ग नगरपालिका रहेका छन् भने पूर्वतर्फ पाँचथर जिल्ला रहेको छ । यसैगरी दक्षिणतर्फ धनकुटा जिल्ला रहेको छ भने पश्चिमतर्फ पनि धनकुटा जिल्ला नै रहेको छ ।

क्षेत्रफल
यस गाउँपालिकाको कूल क्षेत्रफल १३३.९३ बर्ग कि.मी. अर्थात् १३, ३९३ हेक्टर रहेको छ । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ । साविक आङ्दिम गाविसको क्षेत्रलाई वडा नं. १ कायम गरिएको छ भने हमरजुङ गाविसको क्षेत्रलाई वडा नं. २ कायम गरिएको छ । यसैगरी पञ्चकन्या गाविसको क्षेत्रलाई वडा नं. ३ कायम गरिएको छ भने फाक्चामारा गाविसको क्षेत्रलाई वडा नं. ४ कायम गरिएको छ । यसैगरी साविक ओख्रे गाविसको क्षेत्रलाई वडा नं. ५ कायम गरिएको छ भने साविक सुदाप गाविसलाई वडा नं. ६ कायम गरिएको छ । नेपाल सरकारले साविक हमरजुङ गाविसको कार्यालयलाई छथर गाउँपालिकाको केन्द्र तोकेको छ ।

भौगोलिक स्वरुप

यो गाउँपालिकाको उचाइ समुद्री सतहबाट ३२२ मी. देखि २५५० मी. उचाई सम्म छ । यो गाउँपालिकाको केन्द्रको भौगोलिक अवस्थिति समुद्र सतहबाट १९२० मि. उचाईमा रहेको छ भने गाउँ पालिकाको केन्द्र २७००३’३१” उत्तरी अक्षांश र ८७०२७’०१” पूर्वीदेशान्तरमा रहेको छ । साविकका ६ वटा गा.बि.स.हरु (आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे तथा सुदाप) गाभेर मिति २०७३ फागुन २७ गतेको नेपाल सरकारको निर्णय अनुसार यो गाउँपालिका गठन गरिएको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५२०५३९७७
उपाध्यक्ष
फोन:
९८५२०५३८७७
प्रवक्ता
फोन:
९८५२०५३४६५

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9842184603
अधिकृत छैठाैँ
फोन:
9852053855
लेखा अधिकृत सातौँ/ सूचना अधिकारी
फोन:
9849890512
शिक्षा अधिकृत सातौँ
फोन:
9842243090
सूचना प्रविधि अधिकृत
फोन:
+977 9807084099
प्रशासन प्रमुख
फोन:
9862008893
स्वास्थ्य संयोजक
फोन:
9815330655
पशु स्वास्थ्य प्राविधिक
फोन:
9842313153
कृषि प्राविधिक अधिकृत
फोन:
9842024352

जानकारी